2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हराएको विमान खोज्न त्रिभुवन विमानस्थलबाट उड्यो सेनाको हेलिकप्टर

जेठ १५, पोखरा | तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।

मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । होलिकप्टरमा उद्दार उपकरण र आवश्यक बन्दोबस्तीका सामानहरु पनि लगिएको छ ।

पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । 

जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ सवार छन् ।  यसैगरी  बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी,  मेइक ग्रीटग्राफ र वी विलनर पनि जहाजमा सवार रहेका खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित