हराइरहेको तारा एयरका पाइलटको फोन लाग्यो, लोकेसन मुस्ताङको टीटी

साझासवाल

जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोनको घण्टी गइरहेको छ ।

‘आइतबार दिउँसो सवा एक बजे हामीले पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गर्दा फोनको रिङ बज्यो तर फोन उठ्न सकेको छैन,’ ठाकुरले भने, ‘नेपाल टेलिकमबाट उक्त मोबाइलको लोकेसन माग्दा मुस्ताङ्गको टीटी देखाएको छ ।’

सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।

अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि सम्पर्कविहीन भएको जहाज खोज्न मौसम खराबी कारण हेलिकोप्टर परिचालन गर्न सकिएको थिएन ।

अहिले नेपाली सेनाको र निजी कम्पनीका हेलिकोप्टर परिचालन गरेर खोज्ने तयारी भइरहेको उनले जानकारी दिए ।

लार्जुङबाट पनि फर्कियो आर्मी, उद्धार अन्योलमा

जहाज दुर्घटना भएको आशंका गरिएको लार्जुङबाट आर्मी फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको आर्मीको टोली कोवाङतर्फ नै फर्किएको हाे । अझै दुर्घटनास्थल एकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् । ‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।

Leave a Comment

Leave a Reply