Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दमौलीमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २६, काठमाडौँ ।</b>&nbsp;दमौलीमा माइक्रोबस दुर्घटना भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गमा दुर्घटना भएको हो ।</p><p>दुर्घटनामा १६ जना घाइते भएका छन् । माइक्रोबस अनियन्त्रित भएर सम्धी खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।</p><p>बिहीबार बिहान बा ४ ख ९९९९ नम्बरको माइक्रोबस अनियन्त्रित हुँदा चालकसहित १६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय रत्नहरि अस्पतालमा पुर्याइएकामा गम्भीर पाँच जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।</p><p>घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।</p>