भदौ ३, रामेछाप | अबिरल बर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।

अबिरल बर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन्।

रामेछापमा बाढीले पाँच घर बगायो
Leave a Comment