भदौ १९, पोखरा | पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण गराइएको छ । आइतबार बिहान ८ बजे १८ यात्रु लिएर पोखरा उँडेको जहाजको इन्डिकेसनमा समस्या देखिएपछि पोखरा विमानस्थलमै आपतकालिन अवतरण गराइएको हो ।

उडेको ७ मिनेटमै जहाजलाई अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिएका छन् । अहिले जहाज चेकजाँचको काम भइरहेको बताइएको छ ।

जहाज सामान्य अवस्थामै अवतरण भएको सुवेदीले जानकारी दिए ।

मुस्ताङ उडेको समिट एयरको जहाज आपतकालिन अवतरण
Leave a Comment