असोज १, धनगढी | अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परि १४ जनाको मृत्यु भएको छ |

जिल्लाको कमलबजार नगरपालिका-६, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक रिजालले बताए।

Related News