2026-09-12 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

माघ ५, बेनी | बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाच्नुभयो । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो ।

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रुपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएको थियो । मंकाखलले महोत्सवमा देखाएको नागानागीनी नाचमा छ वर्षका आरभराज श्रेष्ठ र छ वर्षकै सालिन श्रेष्ठले नृत्य देखाउनुभएको थियो । 

अन्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजाति आफ्नो मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा जागरुक बनेका छन् । कलाकारको अभाव र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा तालिम दिएर नयाँ कलाकार तयार गरी हनुमान नाच देखाइएको मंकाखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।

विसं २०५७ भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक सङ्कलनका लागि हनुमान नाच देखाइएको थियो । त्यसयता कलाकारको अभाव र नृत्य पुस्तान्तरण नहुँदा हराएर जाने अवस्थामा पुगेको नाचलाई मंकाखलले पुनर्जागरण गराएको हो । मृढंगना र झ्यालीको तालमा हनुमानको रुप धारण गरेका कलाकारले नृत्य देखाउने यस नाचमा सहभागी भएका थिए ।

अधिकतम ११ जोडीसम्मले यस नाचमा नृत्य गर्न सक्ने हनुमान नाचलाई संरक्षण गर्नका लागि नेपाल भाषा मंकाखल म्याग्दीले तालिम नै सञ्चालन गरेको छ । यस पटकको म्याग्दी महोत्सवमा क्षत्री समाजले आफ्नो परम्परागत सरुन नाच र गुरुङ समुदायले घाटु नाच देखाएका थिए । महोत्सवले आम समुदायलाई आफ्नो संस्कृति, वेशभूषा र परम्पराको संरक्षणमा जागरुक बनाएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ ।

“यस पटक महोत्सवलाई व्यापार व्यवसायको प्रवद्र्धनसँगै कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ, दैनिकरुपमा हरेक समुदायले आफ्नो मौलिक प्रस्तुति राखिरहनुभएको छ”, उहाँले भन्नुभयो । महोत्सव मगाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याईपु¥याउने माध्यम बनेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाच महोत्सवको आकर्षण बनेको छ ।

हरेक दिनजसो नयाँ कलाकारले थाली नाचमा नृत्य प्रस्तुत गर्ने गरेको महोत्सवका सांस्कृतिक संयोजकसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको कारण पनि यस पटक महोत्सव जिल्लाभित्रका कला, संस्कृति देखाउने थलो बनेको बताउनुभयो । 

धौलागिरि गाउँपालिका–७ ताकमको स्थानीय मौलिक संस्कृतिको रुपमा रहेको राधाकृष्ण नाच बेनीमा प्रदर्शन भएको थियो भने भने थकाली, मगर, छन्त्याल, परियारलगायतका जातजातिले आफ्नो संस्कृति, वेशभूषा र परम्परालाई महोत्सवमा प्रदर्शन गरेका छन् । 

महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली प्रर्दशन थप अर्को आकर्षण बन्यो । ताकम र राक्सेका आमा समूहसँगै ब्राह्मण समाज र क्षेत्री समाजले मौलिकता देखिने गरी प्रस्तुत गरेको रत्यौलीले दर्शकमा विवाहकै झल्को दिएको थियो । महिला आफैँले बाजा बजाउने, जन्ती जाने, दुलहा, दुलहीसमेत बनेर विवाहको झल्को दिँदै रत्यौली गीत र नाचमा दर्शकसमेत छमछमी नाचेका थिए । 

देशभर आयोजना हुने महोत्सवमा आधुनिकताको प्रभाव बढिरहेको सन्दर्भमा म्याग्दी महोत्सवमा लोपोन्मुख र हराएर जाने अवस्थामा पुगेका संस्कृतिको पुनर्जागरण गराउनेमा जोड दिइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । उहाँका अनुसार, महोत्सवमा मौलिक संस्कृति जगेर्ना हुने गरी प्रतियोगिता समावेश भएका छन् । मगर, छन्त्याललगायतका जातजातिको पुख्र्यौली नाचसमेत महोत्सवमा आयोजना गरिएको छ । चार समूह सहभागी भएको पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पुख्र्यौली समूह विजयी बने । 

महोत्सवले लुकेर रहेका प्रतिभाको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा जोड दिएको प्रतियोगिताका संयोजकसमेत रहनुभएका प्रथम उपाध्यक्ष शाक्य बताउनुहुन्छ । एकल लोकनृत्य प्रतियोगिता सम्पन्न भएको महोत्सवमा लोकदोहोरी गीत र गण्डकी लोकतारा प्रतियोगितासमेत समावेश गरिएको छ । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारको प्रस्तुतिले सङ्गीतमय बनेको छ भने नौमती बाजादेखि कलाकारको साङ्गेतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस