२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमान दुर्घटनामा दिवङ्गतको आत्मशान्तिका लागि पशुपतिनाथमा महायज्ञ

२०७९, ६ फाल्गुन शनिबार १०:४७

फागुन ६, काठमाडौँ | यती एयरलाइन्सले गत माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने यात्रुको दिवङ्गत आत्माको शान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरमा तीनदिने महायज्ञ सम्पन्न गरेको छ ।

धार्मिक गुरु एवं ज्योतिषी पुस्कर खतिवडाको अगुवाइमा आचार्य लक्ष्मीप्रसाद खतिवडाको नेतृत्वमा शङ्कराचार्य पीठ वेदवेदाङ्ग पाठशाला, झापाका ब्राह्मण तथा गुरुद्वारा गरिएको महायज्ञ यही फागुन ४ गतेदेखि सुरु भई आज शिवरात्रिको दिनमा सम्पन्न भएको हो । महायज्ञमा एयरलाइन्सका सम्पूर्ण विमानको समेत पूजा गरिएको थियो ।

विमान दुर्घटनाका कारण यात्रुका आफन्तजनमा पर्न गएको पीडाबोध  महसुस गरी उहाँहरुमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् र दिवङ्गत हुनुभएकाको आत्माले शान्ति प्राप्त गरून् भन्ने उद्देश्यले हिन्दू परम्पराअनुसार शिवरात्रिका अवसरमा महायज्ञ गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै