कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र प"/>
२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

दशैँ विशेष बृहत साँस्कृतिक उत्सवलाई सफल पार्न तयारी तिव्र

२०७३, ४ आश्विन मंगलवार १२:१९

कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र पारिएको छ । “ 

कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारका ५ दिन सम्म अछाम मंगलसेनमा बेजोड प्रस्तुती रहने भएका छन । साँस्कृतिक मुल आयोजक समितीले तयारी स्वरुप सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्नका लागि राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याम मार्फत कसरी प्रचारप्रसार गर्न सकिन्न भन्ने विषयमा छलफल गरिएको थियो । 

मुल आयोजक समिती संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागि संञ्चारकर्मिले आफनो कला संस्कृति जोगाउनका लागि जिल्ला पहिलो पटक भएको यो अभियान स्रहानिय भएकाले आफनो तर्फ सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । 

कार्यक्रममा बोल्दै पत्रकार महासघ अछामका उपाध्यक्ष जनकराज भण्डारीले कला सस्कृति जगेर्नाका लागि जिल्ला हुने कार्यक्रमलाई सफल पार्नका सबै सञ्चारकर्मि लागि पर्ने बताएका थिए । राष्ट्रिय तथा स्थानिय कलाकार जम्काभेट हुने एउटै थलो दशै विशेष बृहत साँस्कृतिक कार्यक्रम भएकाले यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सफल पार्नका लागि जिल्ला स्थित सम्पुर्ण छापा तथा ईलेक्ट्रोनिक संञ्चार माध्याम मिडिया पार्टनरको रुपमा रहने भएका छन । 

असोज १४ गते देखि सुरु हुने कार्यक्रममा नृत्य निर्देशक शँकर विसि, गायक रोशन सिह, चर्चित लोक गायक खुमन अधिकारी, गायिका टिका पुन, गायक भागिरथ चलाउने, गोपाल नेपाल जिएम, टँक तिमिल्सैना, तुलसि घर्तिमगर, सुरेश रावल, पुष्पा वोहरा, करिश्मा ढकाल, निशा बोहरा, अञ्जु शाही, बादल थापा, जितेश थापा लगाएत वेजोड प्रस्तुती रहने भएका छन । 

यस्तै स्थानिय कलाकार महेन्द्र विक, नरेन्द्र रावल, जनक कार्की, देवेन्द्र भाट, भिम विष्ट, जनक साउद, शँकर विक, ललित रैगाई, रुद्र विक, प्रमोद माझि, कल्पना ढुगाना, पानसरा थापा, निरुता खत्रि लगाएतले समेत आफना आफना प्रस्तुती राख्ने आयोजकले जनाएको छ ।

 कार्यक्रमको मुख्य आयोजकमा एस. बि. रामारोशन फिल्मस प्रा. लि. र राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान अछाम रहेका छन भने नयाँतारा कला सागर अछाम सह आयोजकको रुपमा रहेका छन ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन