२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्ध एयरको विमानमा गिद्ध ठोक्किएपछि… (भिडियोसहित)

२०७९, ९ फाल्गुन मंगलवार ०९:०७

फागुन ९, काठमाडौं | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै बुद्ध एयरको विमानमा चरा (गिद्ध) ठोक्किएको छ । आइतबार विमान अवतरण गर्न लागेको बेलामा गिद्ध ठोक्किएको तर विमान भने दुर्घटना हुनबाट जोगिएको बताइएको छ ।

विमानमा गिद्ध ठोक्किएर खसेको एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । ‘इस्सु ब्रो’ नामको फेसबुकमा सो भिडियो अपलोड भएको थियो । उनले उक्त भिडियो आइतबारको रहेको र संयोगवश गिद्ध ठोक्किएको घटना क्याच भएको बताएका छन् । साथै विमान सकुशल अवतरण भएको उनले जनाएका छन् ।


भिडियोमा विमानस्थल नजिकमा चराहरु उडिरहेको देखिएको छ । चराको बाक्लो गतिविधि विमानका लागि सुरक्षा चुनौती मानिन्छ । यद्यपि भिडियो आधिकारिकता पुष्टि भइसकेको छैन । यसमा अन्य केहीले कमेन्ट गरेर सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

गत माघ १ गते पाेखरा विमानस्थलनजिकै तारा एयरकाे विमान दुर्घटनाग्रस्त भएकाे थियाे । साे दुर्घटनामा चालक दलसहित ७२ जना सवार रहेकाेमा सबैकाे मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै