कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभि"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिने

२०७९, ११ फाल्गुन बिहीबार ०२:५६

फागुन ११, भोजपुर | प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा रेडपाण्डा संरक्षण अभियान सुरु गरिने भएको छ । भोजपुरमा रहेका स्थानीय तहमध्ये दुई स्थानीय तहका एक एक वडामा यो कार्यक्रम सुरु हुन लागेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउने गरी यो अभियान सुरु गर्न लागिएको हो । रेडपाण्डा नेटवर्कको सहयोगमा सामूहिक अभियान भोजपुरले लोपोन्मुख अवस्थामा जिल्लाको पश्चिममा रहेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तिम्मा र जिल्लाको सुदूरउत्तर सल्पासिलिछो गाउँपालिका–५ दोभानेमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गर्न लागेको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० मा उक्त क्षेत्रमा रहेका सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय भोजपुर र तिम्मा तथा दोभानेमा रहेकाका सामुदायिक वनसँग सहकार्य गरिने छ । यस आर्थिक वर्षमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि रेडपाण्डा नेटवर्कले अनुमानित रु २० देखि २५ लाख बजेट उपलब्ध गराउने संस्थाले जनाएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन तथा उक्त क्षेत्रको दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने छ । रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, निजी नर्सरीलाई सहयोग, विद्यालयमा इको क्लब गठन गरी सचेतना कार्यक्रम गर्ने, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रेडपाण्डा संरक्षण कार्यक्रमका अधिकृत कामना चौलागाईले बताउनुभयो । रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग बुधवार छलफलसमेत गरिएको छ । जिल्लास्थित सरोकारवालाको सहभागितामा अन्तक्र्रिया गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै