२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवक मृत्यु प्रकरणः १२ जना पक्राउ

२०७९, १६ फाल्गुन मंगलवार ०५:५६

फागुन १६, बैतडी | बैतडीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको मृत्यु शङ्कास्पद रहेको जनाउँदै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

बुडालका आफन्तले किटानी जाहेरी दिएपछि उनीहरूलाई  अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

शनिबार वनभोज मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनार गएका बुडाल सोही राति नदीमा मृतावस्थामा फेला परेका थिए । उनीसँगै वनभोज गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दिपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ ।

 बुडालको हत्या गरिएको जनाउँदै परिवारजनले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत  बुडाल बिदामा घर आएका थिए ।  शनिबार आफ्नो घर दशरथचन्द –१० खडेनीबाट वनभोज मनाउने भन्दै  उनी ११  साथीसँग म१ज २२२ नंको जिपमा चौलानी किनार गएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै