२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको ठहर, थप परीक्षण गर्न नमुना भारत पठाइँदै

२०७९, २२ फाल्गुन सोमबार ०६:३६

फागुन २२, काठमाडौं | भारतबाट नेपाल ल्याइएको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको छानबिन समितिले ठहर गरेको छ।

फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो। घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको प्रमाणित गरेको हो।

ल्याबले ४ वटा ट्यांकरमा रहेको ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गरिएको प्रतिवेदन आइतबार निगमलाई बुझाइएको छ। निगम स्रोतका अनुसार झापाबाट काठमाडौंको केन्द्रिय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको पाइएको हो।

निगमले ४ वटा ट्यांकर चालक र ढुवानी व्यवसायीलाई कारबाही गर्ने तयारी थालेको बताएको छ।

नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा आएको कुल ८० हजार लिटर डिजलमा मिसावट भेटिएको थियो।

निगमले ट्यांकर चालकलाई कारबाही गरी अन्य प्रक्रिया अगाडि बढाउने जनाएको छ। निगमका अनुसार हालसम्म कति मट्टितेल मिसावट भएको भन्ने निश्चित नभएका कारण थप परीक्षणका लागि स्याम्पल भारत पठाउने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै