२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिलामाथि हुने दुव्र्यवहार र हिंसा दुरुत्साहनलाई निरुत्साहन गर्नुपर्छ : अध्यक्ष ओली

२०७९, २४ फाल्गुन बुधबार ०७:५९

फागुन २४, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता दुरुत्साहनलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिलामाथि दुव्र्यवहार, लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गरी अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले अज्ञानता र कुरीतिको आड लिएर हुने खराब अभ्यासका कारण बोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै रहेको उल्लेख गर्नुभयो । “समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।  

उहाँले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुसरणीय रहँदै आएको भन्दै ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको बताउनुभयो । उहाँले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीको समान सहभागिता अत्यन्त जरुरी रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । “महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मूलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तिकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा म हार्दिक आह्वान गर्दछु”, सन्देशमा भन्नुभएको छ । 

अध्यक्ष ओलीले राजनीतिक अस्थिरतामार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि एमालेले अघि बढाएको अभियान कमजोर बनाउने दुष्प्रयास अहिले पनि जारी बताउनु भएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धराशयी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै