२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झारफुक गर्ने क्रममा किशोरीको मृत्यु, १७ जनालाई पक्राउ गरेर प्रहरीले सुरु गर्‍यो अनुसन्धान

२०७९, २८ फाल्गुन आईतवार ०६:२९

फागुन २८, काठमाडौँ | झारफुक गर्ने क्रममा किशोरीको मृत्यु भएपछि प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। फागुन २० गते झारफुक गर्ने क्रममा रुपन्देहीको सैनामैना नगरपालिका–१० बेमतेनीकी सीता ज्ञवालीको मृत्यु भएको थियो।

उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। किशोरीको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत् उक्त घटनाको चौतर्फी बिरोध भएको थियो। 


त्यसपछि प्रहरीले अनुसन्धान गरेर ज्ञवालीलाई झारफुक गर्ने सोही ठाउँकी २२ वर्षीया सोनिया रेश्मी (झाक्री)सहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको रुपन्देही प्रहरीका प्रवक्ता तथा इन्स्पेक्टर दीपक कुँवरले बताए। 

झारफुक गर्ने क्रममा घर नजिकैको मन्दिरभित्र लगेर लछारपछार पारी कुटपिट गर्ने काम भएको पाइएको प्रहरीले जनाएको छ।

कुटपिटका कारण बिरामी किशोरी ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको र त्यसलगत्तै दाहसंस्कार समेत गरेर घटना गुपचुप राख्न खोजिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै