५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ च्याम्पियनसीपः विश्वकप खेलेको कुवेतविरुद्ध नेपाललाई इतिहास रच्ने अवसर

६ असार २०८०, बुधबार ०६:०९

असार ६, काठमाडौँ | भारतमा आजबाट सुरु हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले आज कुवेतको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र कुवेतबीचको खेल बैंग्लुरुको श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र कुवेत रहेकै समूहमा आयोजक तथा साविक विजेता भारतसँगै पाकिस्तान पनि रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । कुवेत र लेबनान आमन्त्रित टिम हुन् ।

समूह विभाजन हेर्दा हालसम्म साफ च्याम्पियनसीपको उपाधि जित्न नसकेको नेपाल निकै कठिन समूहमा परेको छ । अझ नेपालले आफ्नो पहिलो खेल खेल्नुपर्ने कुवेतविरुद्ध हालसम्म एक खेलमा पनि जित हात पार्न सकेको छैन । तर साफ च्याम्पियनसीपमा कुवेतलाई पराजित गर्न सके नेपालले इतिहास कोर्न सक्छ ।


खासमा नेपाल र कुवेत हालसम्म ९ पटक आमने-सामने भएका छन् । तर कुवेतविरुद्ध नेपाल एक खेलमा पनि विजयी हुन सकेको छैन । कुवेतविरुद्ध नेपालको उत्कृष्ट नतिजा भनेको केवल एकपटक गोलरहित बराबरी खेल्नुमात्र हो ।

कुवेतमै सन् २०१९ को मार्चमा भएको मैत्रीपूर्ण खेलमा विराज महर्जनको कप्तानीमा रहेको नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तर दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले १-० को पराजय भोगेको थियो ।

पछिल्लो पटक नेपालले कुवेतविरुद्ध ४-१ को पराजय भोगेको थियो । एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत २०२२ को जुनमा कुवेतमै भएको खेलमा नेपालले घरेलु टोलीविरुद्ध पराजय भोग्दा दर्शन गुरुङले एक गोल गरेका थिए ।

नेपालले कुवेतसँग अहिलेसम्मकै सबैभन्दा ठूलो पराजय भने सन् १९९४ को एसियन गेम्सका दौरान भोगेको थियो । जापानमा भएको एसियन गेम्समा नेपालले कुवेतविरुद्ध ८-० को पराजय भोगेको थियो । उक्त खेलमा अली मार्वी अल हाडायाले एक्लै पाँच गोल गरेका थिए ।

इतिहास हेर्दा साफ च्याम्पियनसीपमा सहभागी टोलीमध्ये सबैभन्दा सफल टोलीमा कुवेत पर्छ । कुवेतले हालसम्म एकपटक फिफा विश्वकप समेत खेलिसकेको छ । उसले सन् १९८२ मा स्पेनले आयोजना गरेको फिफा विश्वकप खेलेको थियो ।

सन् १९८० मा एएफसी एसियन कपको उपाधि जितेको कुवेतले हालसम्म १० पटक एसियन कप खेलिसकेको छ । भारतले भने सन् १९५० को विश्वकपका लागि छनोट भए पनि खेल्न पाएन । भारतले चार पटक एसियन कप खेल्दा सन् १९६४ मा भने उपविजेता बनेको थियो । लेबनानले भने दुई पटक एसिया कप खेलेको थियो।

इतिहास हेर्दा कुवेत सबैभन्दा बलियो टिम मानिएपनि पछिल्लो समय कुवेतको प्रदर्शन भने खस्किएको देखिन्छ । आगामी वर्ष जनवरीमा कतारमा हुने एसियन कपमा भने कुवेतले स्थान बनाउन सकेन । जबकी भारत र लेबनान एसियन कपका लागि छनोट भएका छन् ।

फिफा वरीयतामा पनि कुवेत १ सय ४३ औँ स्थानमा हुँदा लेबनान ९९ औँ तथा भारत १ सय १ औँ स्थानमा छन् । नेपाल भने १ सय ७४ औँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता