2026-11-02 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गाईघाटमा पूर्वाञ्चलकै दोस्रो ठूलो खेल मैदान

मंसिर १६, उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित पुरानो हवाई फिल्डको जग्गामा लामो समयसम्मको प्रयास र खैलमैदानको व्यवस्थापनपछि जिल्लाको मात्र नभई पूर्वाञ्चल क्षेत्रकै दोस्रो ठूलो थारूहट रङ्गशाला खेल मैदान निर्माण भएको छ । 

दुई वर्षदेखि जिल्ला खेलकुद विकास समिति र पूर्वाञ्चल खेलकुद विकास समितिको समेत लामो प्रयासपछि अब खेलमैदान पूर्णरुपमा तयार भएको कुरा पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष किरण राई बताउनुहुन्छ । 

करिब तीन बिगाहा सोह्र धुर जग्गाको क्षेत्रफलमा फैलिएको उक्त खेल मैदानमा झन्डै पचासौँ हजारसम्म सङ्ख्याका दर्शकले एकैचोटि बसेर खेल हेर्नसक्ने दुईवटा ठूुला–ठूला प्यारापिट सहितका जग्गाको व्यवस्था भएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विक बताउनुहुन्छ । 

राष्ट्रिय खेलकुद परिषद्को रु ३५ लाख आर्थिक लगानी र अन्य बाँकी त्रियुगा नगरपालिका गाईघाट र जिविस उदयपुरको लगानीमा उक्त खेलमैदान सम्याउने र माटो फिलिङ गर्ने कार्य र खेलमैदान क्षेत्रमा तारबार लगाएर घेराबेरा गर्ने कार्यसमेत सम्पन्न भएको कारण अब खेल सञ्चालन गर्न सकिने कुरा खेलमैदान निर्माण समितिका संयोजकसमेत रहनुभएका पूर्वाञ्चल खेलकुद विकास समितिका पूर्वअध्यक्ष राईले बताउनुभयो । 

राई भन्नुहुन्छ, “यो खेलमैदान पूर्वाञ्चलकै दोस्रो ठूलो मैदान हो, अब यसको भित्री भौतिक व्यवस्थापन सम्पन्न भइसकेकाले राष्ट्रिय तथा क्षेत्रीयस्तरका खेल सञ्चालन गर्न सकिनेछ ।” तर अझै थारूहट रङ्गशाला खेलमैदानको बाहिरी भौतिक पूर्वाधार व्यवस्थापन गर्न बाँकी रहेको कारण आफूहरुले बजेटका लागि हाल वर्तमान खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री दलजित श्रीपाइलीसँग कुरा भइरहेको पनि खेलमैदान निर्माण समितिका संयोजक राईले बताउनुभएको छ । 

जिल्ला खेलकुद विकास समिति उदयपुरसँग आफ्नो खेलमैदान नहुँदा यो रङ्गशाला निर्माण हुनुभन्दा अघिसम्म जिल्लामा आयोजना हुने अधिकांश धेरै खेलकुद गाईघाटस्थित त्रियुगा उच्च माविको खेलमैदानमा आयोजना हुने गरेको कुरा जिल्ला खेलकुद विकास समिति उदयपुरका सचिव प्रकाश खड्का बताउनुहुन्छ । तर अब रङ्गशाला निर्माण भएको कारण जिल्ला खेलकुद विकास समितिले जुनसुकै बेला क्षेत्रीय र राष्ट्रियस्तरका खेलसमेत आयोजना गर्न सक्ने क्षमतामा पुगेको कुरा सचिव खड्का बताउनुहुन्छ । 

जिल्लाको सदरमुकाम गाईघाटमा बृहत् रङ्गशालाको निर्माण भएको कारण अब जिल्लामा धेरै खेल आयोजना गर्न सकिने र जिल्लाको खेलकुद विकासमा समेत प्रगति हुने कुरा अहिले जिल्लावासी बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द