Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विपि स्मृती क्रिकेटको उपाधी देहिमाण्डौंलाई

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

(सास) मंसिर २१ बैतडी ।
बैतडीमा जारी वि. पी.  स्मृती टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी निङ्गलाशैनी क्रिकेट देहिमाण्डौंले हात पारेको छ । मंगलवार सम्पन्न फाईनल खेलमा कालाशैनी क्रिकेट क्लव बुड्डालाई १४ रनले स्तब्ध पार्दै देहिमाण्डौंले उपाधी कब्जा गरेको हो ।

निङ्गलाशैनी खेलमैदान देहिमाण्डौंमा टस जितेर ब्याटिङ्ग गरेको देहिमाण्डौंले १९ दशमलव ४ ओभरमा  ११० रनमा समेटिएको थियो ।  देहिमाण्डांंैका विनोद बोहराले २७ , रोहन बाहराले २० , खडक बोहराले १२ तथा दिपक बोहराले १० रन बनाएका थिए ।

कालाशैनीका जगदिश चन्दले ३, सुभाष चन्दले २ तथा निरज चन्दले २ विकेट हात पारेका थिए ।  १११ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको कालाशैनी १९ दशमलव ३ ओभरमा ९६ रनमा समेटियो ।

सन्तोस चन्दले २३ तथा निरज चन्दले १५ रन बनाउनुबाहेन अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन नसक्दा कालाशैनीले उपविजेतामै चित्त बुझाउनुपरेको हो । कालाशैनीको पारी ध्वस्त पार्ने क्रममा म्यान अफ द फाईनल भएका दिपेन्द्र बोहराले ४ ओभर बलिङ गर्दै ३ ओभर मेडन राख्दै १ रन मात्र खर्चेर ४ विकेट हात पारेका थिए ।

बसन्त बोहरा, ऋषिकेश बोहरा र महेस नाथले समान दुई दुई विकेट हात पारेका थिए ।  उपाधीसंगै देहिमाण्डौंले प्रथम पुरस्कार नगद ५० हजार नगद ट्रफी र प्रमाणपत्र हात पारेको छ । भने उपविजेता कालाशैनीले द्वितीय पुरस्कार नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र मा चित्त बुझाएको छ ।

प्रतियोगिताभर व्यक्तीगत १६१ रन बनाउनुका साथै ७ विकेट हात पार्ने निङ्गलाशैनी क्रिकेट क्लब देहिमाण्डौंका खडक बोहरा म्यान अफ द सिरिज भएका छन । खडकले नगद पाँच हजार नगद पुरस्कार ट्रफी र प्रमाणपत्र पाएको छन ।

विजेता, उपविजेता र म्यान अफ द सिरिजलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द  विपी चिन्तन प्रतिष्ठान बैतडीका अध्यक्ष शिवराज भट्ट र बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले पुरस्कार वितरण गर्नुभयो ।

विपी चिन्तन प्रतिष्ठान बैतडीको प्रायोजन सहयोगमा बैतडी जिल्ला क्रिकेट संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजना गरिएकोे थियो ।

राससकर्मी सम्मानित

क्रिकेटको विकासमा लागी कलम चलाएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाता विनोद सिंह विष्ट सम्मानित भएका छन् ।
पत्रकार विष्टलाई एक कार्यक्रमकाबिच नगद पाँचहजार ,दोसल्ला र प्रसंसापत्रसहित सम्मानित गरिएको हो  ।

कार्यक्रमका प्रमुख अतिथि  वि. पी. चिन्तन प्रतिष्ठान बैतडी शाखाका अध्यक्ष शिवराज भट्ट र जिल्ला क्रिकेट संघ बैतडीका अध्यक्ष रमेस बोहराले दोसल्ला , नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो  ।

राष्ट्रिय समाचार समिति (रासस) का बैतडी समाचारदाताका रुपमा विगत दुई बर्षदेखि कार्यरत पत्रकार विष्टले बैतडीमा क्रिकेटको विकासका लागी सञ्चारमाध्यमवाट समाचार सम्प्रेसण गर्दै आईराख्नुभएको थियो ।