Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लायन्स क्लवद्वारा म्याराथन दौडको आयोजना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, वीरगंज । विश्व प्रख्यात लायन्स क्लवका संस्थापक मेल्विन जोनको जन्मदिनको शुभ अवसरमा वीरगंज तथा जितपुर एरियाका सम्पूर्ण लायन्स क्लवहरुद्वारा साता व्यापी कार्यक्रम अन्तर्गत आज वीरगंजमा मिनि म्याराथन दौडको आयोजना गरेर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

“क्लिन वीरगंज सेफ वीरगंज” नाराका साथ लायन्स लगायत विभिन्न संघसंस्था एवं सर्वसाधारणहरुको सहभाागितामा भव्यताका साथ सो कार्यक्रम सम्पन्न गरियो । वीरगंजको आदर्शनगरस्थित नेपाल राष्ट्र बैंक अगाडीबाट शुरु भई छपकैया, नगवा हुदै घण्टाघरमा आएर समापन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्द कुमार साहको प्रमुख अतिथ्य एवं लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर इ. लायन संजय खेतानको विशिष्ट अतिथ्य रहेको सो प्रतियोगितामा महिला तथा पुरुष तर्फका सहभागी विजेताहरुलाई पुरस्कार वितरण गरियो ।

सो कार्यक्रममा लायन्स क्लवका वरिष्ठ सदस्य पशुपति विक्रम शाह, डिएन अग्रवाल, लायन्स क्लव गोल्डेन स्पायरोका अध्यक्ष लायन रेशमा सर्राफ, राइजिंगका अध्यक्ष गौरव केडिया, ग्रीनका अध्यक्ष वासु तिमिल्सिना, आदर्शनगरका अध्यक्ष विनय वंसल, कार्यक्रम संयोजक प्रजय हरलालका, उद्घोषण देव चौधरी, रिजन चेयर पर्सन उमेश साह कानु, जोन चेयर पर्सन राघव आचार्य, मिनाक्षी गुप्ता लगायत विभिन्न लायन्स क्लवमा आवद्ध प्रतिनिधि एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।