Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

उदयपुर गोल्डकप चौथो संस्करण माघ अन्तिम साता देखि सुरु हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>अजयकुमार साह/पुस २९, उदयपुर ।</b> उदयपुर गोल्डकपको चौथो संस्करण माघको अन्तिम साता देखि सुरु हुने भएको छ । उदयपुर गोल्ड कप फुटवल प्रतियोगिता मुल आयोजक समितिलेसदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गरि गोल्डकप माघ २७ देखि फागुन ५ गतेसम्म संचालन हुने जानकारी दिएको छ ।</p><p>‘गोल्डकपमा ए डिभिजनका ७ वटा क्लब र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । स्वास्थ्य, अनुशासन र राष्ट्रिय एकता र सदभावका लागि उदयपुर गोल्डकप भन्ने नाराका साथ फुटवल प्रतियोगिता माघ ५ गते सम्म संचालन हुने आयोजक समितिका संयोजक किरण राईले जानकारी दिनुभयो ।</p><p>गोल्डकप फुटवल प्रतियोगिता व्यवस्थित रुपमा संचालन गर्नको लागि विभिन्न उपसमिति समेत गठन गरीएको छ &nbsp;। नक आउटको आधारमा खेलाईने गोल्डकप संचालनको लागि करिव ३८ लाखको आय व्यय प्रस्तुत गरिएको थियो ।</p><p>गोल्डकप विजेतालाई एक लाख ५० हजार र उपविजेतालाई एकलाख नगद राशी र शिल्ड प्रदान गरिने छ । २०६८ सालमा सुरु गरिएको गोल्डकप स्थानीय विद्यालयमा तेस्रो संस्करण सम्म संचालन गरिएकोमा यस बर्ष आफ्नै रंगशालामा संचालन हुने भएको छ । जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा गोल्ड कप फुटवल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।</p>