२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उपाधिका लागि निङ्गलाशैनी र योङस्टार भिड्ने

२०७३, १५ माघ शनिबार १३:५३

माघ १५, बैतडी । सहिद दशरथचन्द स्मृति यू–१९ आमन्त्रण क्रिकेट प्रतियोगिताको उपाधिका लागि निङ्गलाशैनी क्रिकेट क्लव ९एनसिसी० र योङस्टार क्रिकेट क्लव, मेलौली भिड्ने भएका छन् । 

आज सम्पन्न सेमिफाइनल खेलमा जगन्नाथ क्रिकेट क्लव थालिगाडालाई ५३ रनले हराउँदै निङ्गलाशैनी फाइनल प्रवेश गरेको हो । अर्को खेलमा कालाशैनी क्रिकेट क्लबलाई १३७ रनले पराजित गर्दै योङस्टारले फाइनलका लागि स्थान सुरक्षित गरेको हो । 

बुढाबाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गर्दै निङ्गलाशैनीले ३२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा जगन्नाथले २४ दशमलव ४ ओभरमा ११८ रन मात्र बनाउन सक्यो । म्यान अफ द म्याच भएका निङ्गलाशैनीका ऋषिकेश बोहरा एक्लैले पाँच विकेट लिए । 

यस्तै निङ्गलाशैनी खेल मैदान देहिमाडांैमा सम्पन्न अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको योङस्टार क्रिकेट क्लवले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा ३०७ रन बनायो । विजयी लक्ष्य पछ्याउने क्रममा कालाशैनीले १९ दशमलव २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७० रन बनायो । बलिङतर्फ योङ्स्टारका प्रकाश सिंहले चार तथा विपिन विष्टले दुई विकेट लिए । व्यक्तिगत १३७ रन बनाउनुका साथै चार विकेट लिएका योङस्टारका प्रकाश म्यान अफ द म्याच घोषित भए । फाइनल खेल आइतबार हुने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष रमेश बोहराले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो