Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २५, नेपालगन्ज । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ ।

यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको छ ।

नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

प्रतियोगिता सम्बन्धी तयारीका विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष शाहीले टुवोर्गसँग तीन वर्षसम्म प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको जानकारी गराउनुभयो ।

यसैबीच, अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा क्रियाशील पत्रकार महिला समूहद्वारा आज यहाँ आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला समूहले विजय प्राप्त गरेका छन् ।

पत्रकार महिला समूहले महिला मानवअधिकारकर्मीको समूहलाई २५—१८, ११—२५ र २६—२४ अङ्कले पराजित गरेको हो । रासस