चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्क"/>

2026-06-25 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा सम्पन्न तेक्वान्दो खेलमा नेपाली खेलाडीलाई १६ वटा स्वर्ण सहित २५ वटा पदक


चैत २९, वाटरफोर्ड । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्ड स्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन् । 

हालै सम्पन्न मिचिगन राज्य स्तरिय प्रतियोगितामा एभरेष्ट तेक्वान्दो स्कुलका १६ खेलाडीले प्रतियोगिताका विभिन्न स्पर्धामा १६ स्वर्ण ,पाँच रजत तथा चार कास्य पदक जितेको स्कुलका संचालक एवं प्रमुख प्रशिक्षक लभप्रसाद गोर्खालीले बताए ।

सन् २०११ मा स्थापना भएको उक्त स्कुलमा हाल विभिन्न उमेर समूहका ७५ जना जति खेलाडीलाई गोर्खाली लगात अन्य दुई प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दै आएका छन् ।

खेलाडीहरूको प्रदर्शनमा सन्तोष व्यक्त गर्दै सचालक एवं मुख्य प्रशिक्षक गोर्खालीले राष्ट्रिय प्रतियोगिताका लागि आफूहरूले अझ मिहिनेत गर्ने बताए । 

‘छनोट खेलका रुपमा रहेको मिचिगन राज्य स्तरिय प्रतियोगितामा खेलाडीहरूले प्राप्त गरेको सफलतामा हामी स्वाभाविक रुपमा खुसी छौँ । तर यो उपलब्धिले राष्ट्रिय प्रतियोगितामा सफलता हसिल गर्ने चुनौति थपि दिएको छ र त्यसका लागि हामी तयार छौँ ।’ गोर्खालीले भने । 

उक्त प्रतियोगितामा दुई नेपाली खेलाडी विप्लव खरेल र अनमोल गोर्खाली पनि छनोट भएका छन् । प्रशिक्षककको जिम्मेवारी अमूल गोर्खालीले निर्वाह गरेको स्कुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक