2026-07-26 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघारलाई

बुटवल संवाददाता | जेठ ७, बुटवल | लुम्बिनी दृष्टिविहिन क्रिकेट संघको आयोजनामा रुपन्देहीमा भएको टि–२० दृष्टिविहिन क्रिकेटको उपाधि लुम्बिनी एघार टिमले जितेको छ । जिल्ला संमन्वय समिति रुपन्देही र बुटवल उपमानगरपालिकाको आर्थिक सहयोगमा  सेमलारमा भएको फाईनल प्रतिष्पार्धामा रुपन्देही एघारलाई ७७ रनले पराजीत गर्दै लुम्बिनी एघारले उपाधि रक्षा गरेको हो । 

पहिला टस जितेर व्याटिङ्ग रोजेको लुम्बिनी टिमिले ६ विकेटको क्षतीमा १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्यय  पछ्याउदै जवाफी व्याटिङ्गमा उत्रीएको रुपपन्देही एघारले ११.३ ओभरमा सबै विकेट गुमाउदै मात्र ६७ रन बनाएको थियो । प्रतियोगीतमा विजेता टिम लुम्बिनी एघारलाई  आईतबार नै  नगद ६ हजार   सहित मेडल र प्रमाणपत्र प्रदान गरियो ।  एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका सामाजिक शाखा नायव शुब्बा ठगिश्वर पोखरेल,  दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका कार्यवाहक अध्यक्ष निर्मल पौडेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । प्रतियोगीतामा उपविजेता बनेको रुपन्देही ११ टिमलाई नगद ५ हजार पुरस्कार  सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको दृष्टिविहिन क्रिकेट संघका दामोदर विसीले जानकारी दिए । 

 ६ दिन सम्म आयोजना गरिएको प्रतियोगीता तथा प्रशिक्षण कार्यक्रममा राम प्रसाद आचार्य, निर्मल पौडेल,  एम्पायर गिता रेग्मी लगायतले प्रशिक्षण समेत प्रदान गरेका थिए ।  आईतबारको प्रतियोगीतामा म्यान अफ दि म्याच लुम्बिनी ११ दयाराम चौधरी भए भने म्यान अफ दि सिरीज लुम्बिनी ११ का मदन न्यौपाने भए । सोही कार्यक्रममा लुम्बिनी दृष्टिविहिन क्रिकेट संघकाट अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगीतामा सहभागी भएका खेलाडीहरु शुनिल क्षेत्री र अब्दुल जहिद लाई सम्मान समेत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ