2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय क्रिकेट प्रतियोगिताको विजुवारमा उद्घाटन

स्मृती घर्ती मगर/असार २४, प्यूठान । नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका विच  शुक्रबार गणतान्त्रिक खेलकुद मैदान विजुवारमा उद्घाटन गरिएको छ ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती र उपमेयर शान्ता आचार्य रहनु भएको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै  प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले खेललाई निरन्तरता दिन सके स्वास्थ्य र राष्ट्र दुवैलाई प्रत्यक्ष लाभ हुने वताउनु भएको थियो। त्यस्तै खेलकुद कार्यक्रमलाई आफ्नो कार्यकालमा नमुना नगर वनाउने वताउनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिताको आयोजना भएको नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा समुहले भाग लिएका छन्। आज भएको प्रतियोगितामा नगर स्तरिय वाल सञ्जालले शिद्दार्थ वाल क्लवलाई ४ विकेटले हराएको छ। त्यस्तै शिखर वाल सञ्जाल खैरालाई गाैमुखी वाल क्लव भलावाङले ४ विकेटले पछाडि पारेको छ। 

झिमरुक वाल क्लवले क्षेत्र विकास वाल क्लवलाई ६ राउण्डले हराएको छ। यहि आउदो २५ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले २० हजार प्रमाण पत्र र मेडल, व्दितिय हुनेले १५ हजार प्रमाण पत्र र मेडल र तृतिय हुनेले १० हजार प्रमाण पत्र र मेडल पाउने आयोजकले वताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई