2026-11-02 01:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिता विजुवार सम्पन्न

स्मृती घर्ती मगर/असार २५, प्यूठान । लगातार ३ दिन सम्म सञ्चालित नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको आज गणतान्त्रिक खेलकुद मैदान विजुवारमा समापन तथा पुरस्कार वितरण गरिएको छ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको समापन  कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती रहनु भएको थियो ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा वाल समुहले भाग लिएका थिए। जस अन्तरगत प्रथम आयोजक नगर स्तरिय वाल सञ्जाल प्यूठान, व्दितिय डेउराली वाल सञ्जाल चितीखोला र तृतिय गाैमुखी वाल क्लव भलावाङ भएका छन्। प्रथम, व्दितिय र तृतिय हुन सफल वाल क्लवला ई क्रमस २० हजार मेडल र प्रमाण पत्र,  १५ हजार मेडल र प्रमाण पत्र  र १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो। समापन कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती,उपमेयर शान्ता आचार्य, प्यूठान नगरपालिकाका वार्ड नं ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारी लगायतको उपस्थित रहेको थियो।

उक्त क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल यनी गहतराजले पाउनु भएको छ। दोस्रो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल प्रदिप एम सीले पाउनु भएको छ। भने तेस्रो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल सेवक शाहले पाउनु भएको छ। त्यस्तै ‘म्यान अफ द सिरिज’को मेडल यनी गहतराजले ९० रन र ५ विकेट लिएर प्राप्त गर्नु भएको छ।

साथै नगर स्तरिय वाल सञ्जाल प्यूठानलाई लामो समय देखी सहयोग गर्दै आउनु भएका प्यूठान नगरपालिकाका वालवालिका सम्पर्क व्यक्ती सुजना चाैधरीलाई सम्मान समेट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द