2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिता विजुवार सम्पन्न

स्मृती घर्ती मगर/असार २५, प्यूठान । लगातार ३ दिन सम्म सञ्चालित नगर स्तरिय अण्डर १८ इयर क्रिकेट प्रतियोगिताको आज गणतान्त्रिक खेलकुद मैदान विजुवारमा समापन तथा पुरस्कार वितरण गरिएको छ।

नगर स्तरिय वाल सञ्जाल प्यूठानका अध्यक्ष तथा प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईको अध्यक्षतामा सञ्चालन भएको समापन  कार्यक्रमका प्रमुख अतिथी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती रहनु भएको थियो ।

प्रतियोगितामा प्यूठान नगरपालिकाका भित्रका १० ओटा वाल समुहले भाग लिएका थिए। जस अन्तरगत प्रथम आयोजक नगर स्तरिय वाल सञ्जाल प्यूठान, व्दितिय डेउराली वाल सञ्जाल चितीखोला र तृतिय गाैमुखी वाल क्लव भलावाङ भएका छन्। प्रथम, व्दितिय र तृतिय हुन सफल वाल क्लवला ई क्रमस २० हजार मेडल र प्रमाण पत्र,  १५ हजार मेडल र प्रमाण पत्र  र १० हजार मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रतियोगिताका प्रमुख व्यवस्थापक अनुज पछाईले जानकारी दिनु भएको छ।

चालु आर्थिक वर्ष ०७३/७४ अन्तरगत वालवालिका लक्षित कार्यक्रम तर्फवाट १ लाख वरावरको लागतमा उक्त क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो। समापन कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपती,उपमेयर शान्ता आचार्य, प्यूठान नगरपालिकाका वार्ड नं ४ का अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी, कार्यकारी अधिकृत नारायण प्रसाद भण्डारी लगायतको उपस्थित रहेको थियो।

उक्त क्रिकेट प्रतियोगिताको पहिलो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल यनी गहतराजले पाउनु भएको छ। दोस्रो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल प्रदिप एम सीले पाउनु भएको छ। भने तेस्रो सेमीफाइनलको ‘म्यान अफ द म्याच’को मेडल सेवक शाहले पाउनु भएको छ। त्यस्तै ‘म्यान अफ द सिरिज’को मेडल यनी गहतराजले ९० रन र ५ विकेट लिएर प्राप्त गर्नु भएको छ।

साथै नगर स्तरिय वाल सञ्जाल प्यूठानलाई लामो समय देखी सहयोग गर्दै आउनु भएका प्यूठान नगरपालिकाका वालवालिका सम्पर्क व्यक्ती सुजना चाैधरीलाई सम्मान समेट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई