2026-09-11 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

भदौ २५, काठमाडौँ। अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ । 

स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको हो । 

करिब पाँच हजार मिटर उचाइको खाग्ला ग्लेसियर क्षेत्रमा इजरायल, अमेरिका, जर्मनी, इटाली र अष्ट्रियाका सात प्रशिक्षकले प्रशिक्षण दिने छन् । 

यही भदौ २९ गतेदेखि छ दिनसम्म हिमपहिरो उद्धार र स्की पर्वतारोहणसम्बन्धी तालीम दिने फाउण्डेशनका अध्यक्ष उत्सव पाठकले राससलाई बताउनुभयो । तालीममा सहभागी टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । 

तालीममा स्की खेल खेल्ने तरिका, सीप र उद्धार कौशलबारे सिकाइनेछ । हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री, उपकरण र प्रशिक्षण निःशुल्क दिइनेछ । एक मलेसियाका विद्यार्थीसहित आठ नेपाली तालीममा सहभागी हुनेछन् । 

विदेशी पर्यटकको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको सो क्षेत्रमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन र नेपालमा स्कीसम्बन्धी गतिविधिमा स्वदेशी तथा विदेशीको सहभागिता बढाएर पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले तालीम गर्न लागिएको फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले बताउनुभयो । 

नेपालमा प्रशस्त मात्रामा रहेका हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण, पदयात्राजस्ता साहसिक पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा स्की खेलको विकास र विस्तार गरी पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका गतिविधि फाउण्डेशनले सञ्चालन गर्दै आएको कोषाध्यक्ष काफ्लेले बताउनुभयो । 

स्की एन्ड स्नोबोर्डिङ फाउण्डेसनले यसअघि गौरीशंकर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५, मेरा पिकमा पाँच र दोलखाको कालिञ्चोकमा २० र अन्नपूर्ण हिमालको आधारशिविरमा ५० जनालाई स्की खेलसम्बन्धी प्रशिक्षण दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट