2026-10-04 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानविरुद्धको खेलमा नेपाले पहिला बलिङ गर्दै

काठमाडौँ | ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत जापानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । यससँगै जापानले अब पहिले ब्याटिङ गर्नेछ ।

उक्त प्रतियोगितामा विभिन्न नौ टोली सहभागी छन् । सहभागी टोलीलाई विभिन्न तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा जानेछन् । नेपाल भने समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा कुवेत र जापान छन् ।

नेपाल र जापान दुवै टोलीले आआफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई पराजित गरेका हुन् । पहिलो खेलको जितसँगै नेपाल र जापान सुपर सिक्स पुगिसकेका छन् । त्यस्तै कुवेत भने प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

सुपर सिक्समा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । सुपर सिक्समा बलियो दाबेदारी पेस गर्नका लागि पनि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

जापानविरुद्ध नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर