२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

१ कार्तिक २०८२, शुक्रबार ११:०१

काठमाडौँ | नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज समाओसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो ।

नेपाल अङ्क तालिकामा शिर्ष स्थानमा छ । सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि नेपाल छनोट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरे प्रतियोगिताको उपाधि जित्ने छ । सामाओ विश्वकपको छनोटबाट बाहिरिएको छ । समाओ सुपर सिक्समा जितविहीन छ

नेपाल समूह चरणमा जापान र कतारलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । सुपर सिक्समा नेपालले हालसम्म खेलेका सबै खेल जितेको छ । नेपाल ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन् ।

युएई ६ अङ्कका साथ दोस्रो तथा ओमान पनि ६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । युएई र ओमान पनि सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति