2026-10-03 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जेनजी’ सहिद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई

काठमाडौँ | सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम हुने टोलीले नगद रु ७५ हजार, दोस्रोले रु ५५ हजार, तेस्रोले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो ।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक÷एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई÷दुई गरी १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण