विजय थापा/असोज १०, अमेरिका l टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l 

अमेरिकाको टेक्सस राज्यको ड्यालस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/असोज १०, अमेरिका l टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l 

अमेरिकाको टेक्सस राज्यको ड्यालस"/>

2026-06-25 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित

2017-09-26


विजय थापा/असोज १०, अमेरिका l टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l 

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो l 

गत सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्लिफोर्नियाको सन्निभेल टोलीले डीएफडब्लु हिमालयजलाई  ४ -० ले हराउदै बिजेता भएको छ l उक्त प्रतियोगिता मा सर्बोत्कृष्ट खेलाडी सुरज थापा भएका छन् भने रिजेन श्रेष्ठ अत्यधिक गोल गर्ने खेलाडी भएका छन् l 

हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस बर्ष चर्चित पूर्व राष्ट्रिय अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको छ l चौधरी उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनले बिजेता समुहलाई पदक तथा पुरस्कार समेत वितरण गरेका थिए l 

टोली व्यवस्थापक बिनोद बिष्टले समग्रमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा प्रायोजक ,स्वयमसेवक ,पदाधिकारी ,खेलाडी ,संचार माध्यम तथा समर्थकलाई बिशेष धन्यबाद ज्ञापन गरेका छन् l उक्त प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भकुण्डो प्रशिक्षक उमेश प्रधान तथा नेपाल का पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी तथा सामाजिक कार्यकर्ता धिरेन गुरुङ्ग ले बिजयी खेलाडी हरुलाई बधाई दिएका थिए l 

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा ६ बर्ष देखि लगातार खेलाई रहेको छ l प्रथम हुने बिजयी टोलिलाई $ १ हजार ५ सय डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई $ ७ सय डलर नगद तथा पुरस्कार सहित जम्मा $ २ हजार ३ सय डलर बराबर को नगद प्रदान गरियो l 

ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक