2026-06-24 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप छनोटः नेपालको लगातार तेश्रो हार, सुपर सिक्सको सम्भावना अझै छ ?

फागुन २६, काठमाडौँ | विश्वकप छनौट खेल अन्तरगत आज भएको समूह चरणको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । 

नेपालले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरको खेलमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । अफगानिस्तानलाई जीत दिलाउन नजिबुल्लाह जाडरानले सर्वाधिक  ५२ रनको योगदान दिए भने रहमत शाहले ४६ रनको योगदान दिए ।

त्यस्तै मोहमद नाबीले ३४ तथा जाभेद अहमदीले २६ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरले २ तथा सन्दीपल लामिछाने तथा करण केसीले १–१ रविकेट लिए ।

यसअघि नेपालले सबै विकेट गुमाएर १ सय ९४ रन बनायो । टस जितेर ब्याटिङ थालेको नेपालले नेपालले १३ रन जोड्दा ओपनर अनिलकुमार साहलाई गुमाएको थियो । 

कप्तान पारस खड्काले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दोस्रो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए । २६ औं ओभरको अन्तिम बलमा रसिद खानले ज्ञानेन्द्रलाई एलबीडब्लू पारे ।

कप्तान पारस खड्का सर्वाधिक ७५ रनमा पभेलियन फर्किए । त्यसपछि नेपालका खेलाडीहरु फराकिलो पारी खेल्न सकेनन् । दिपेन्द्र सिंह ऐरी ३२ र आरिफ शेख २३ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्रले २३ रन बनाए । 

अफगानिस्तानका लागि नाबीले सर्वाधिक ४ विकेट लिए भने रसिद खानले ३ विकेट लिएका थिए ।

सुपर सिक्सको सम्भावना अझै छ ?

आज भईरहेको अर्को खेलमा हङकङ र जिम्बाब्वे बीच प्रतिष्पर्धा हुँदैछ । खेलमा हंगकंग हार्ने निश्चित छ । यदि यो खेल जिम्बाब्वले जित्यो भने सुपर सिक्समा पुग्ने तेस्रो टोलीको टुंगो नेपाल र हङकङबीचको खेलबाट लाग्नेछ ।

हङकङ र अफगानिस्तानको समान २/२ अंक छ । तर, अफगानिस्तानले समूह चरणका सबै खेल खेलिसकेको छ । अब नेपालले हङकङलाई हरायो भने तीन वटै टोलीको समान २-२ अंक हुनेछ र रन रेटका आधारमा अघिल्लो चरा पुग्ने टोली तय हुनेछ ।

तर, सुपर सिक्समा स्थान बनाउन नेपालले अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउनुपर्छ । यदी नेपाल हार्‍यो भने हङकङ ४ अंकका साथ सुपर सिक्समा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे