2026-06-25 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा मेस्सिको पहिलो गोल, विश्वकप २०१८ को सयौं गोल

असार १३, काठमाडौँ | विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को खेलमा अर्जेन्टिना र नाइजेरियाबीचको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । जारी खेलमा विश्वकपको नकआउट चरणमा पुग्नको लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने हुन्छ । 

खेलमा मेस्सीले विश्वकप २०१८ को पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । मेस्सिले गरेको गोलसंगै विश्वकप २०१८ मा १०० गोल पुगेको छ |

एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजित भएको अर्जेन्टिनाको आजको खेल अघिसम्म १ अंक रहेको छ । तर नाइजेरियाको भने ३ अंक छ । यस्तो अवस्थामा नाइजेरियाले अर्जेन्टिनालाई बराबरीमा रोक्न सके विश्वकपको अर्को चरणमा पुग्ने बलियो सम्भावना छ । त्यसो त अर्जेन्टिनालाई हराउन सके नाइजेरिया नकआउट चरणमा पुग्ने पक्का छ ।   


त्यस्तै अर्जेन्टिनाले आजको खेलबाट नकआउट चरणमा पुग्न क्रोएसिया र आइसल्यान्डसँगको नतिजामा पनि भरपर्नु पर्नेछ । उता जारी अर्को खेलको २५ मिनेट बितिसक्दा आइसल्याण्ड र क्रोयसियाबीच कुनै गोल हुन सकेको छैन । 

आज अर्जेन्टिनाका कप्तान तथा विश्व चर्चित खेलाडी लियोनल मेस्सीका लागि आजको खेल अग्नि परीक्षाको दिन मानिएको छ । पछिल्लो २ खेलबाट आलोचित बनेका मेस्सीले आजको खेलमा सुरुवाती गोल गर्दै आफुलाई बलियो सावित गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक