2026-06-26 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दिपावली र छठपर्वको अवसरमा कुस्ती: नेपाली पहलवानले बंगलादेशका अयुब पहलवानलाई हराए

कात्तिक २३, बिरगंज | हिन्दु धर्मावलिम्बहरुको महान पर्व शुभ-दिपावली र छठ पर्वको अवसरमा अन्तराष्ट्रिय नेपाल भारत र बंगलादेशका प्रख्यात पुरुष तथा महिलाहरुको विशाल कुस्ती प्रतियोगीता सम्पन्न भएको छ । 

शुभ दिपावली र छठपर्वको अवसर पारी प्रत्येक वर्ष मनाईने बृहत अन्तराष्ट्रिय कुस्ति प्रतियोगितामा महिला र पुरुष गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेको हो । जिल्ला बारा, विश्रामपुर गाउंपालिकाको चौरीमा भएको खुला कुस्ती प्रतियोगितामा नेपाल बिरगंजका पहलवान मोखतार अनसारीले बंगलादेशका अयुब पहलवानलाई हराई प्रथम जित हांसिल गरेका थिए । 


त्यसै गरी महिला पहलवान तर्फ नेपाल सुनसरीका अनिता राईले भारत युपीका सारदा पहलवानलाई हराई प्रथम स्थान हांसिल गरेको थियो । जुनियर पहलवान तर्फ भारत गोरखपुरका सिकन्दर पहलवानले नेपाल सर्लाहीका गोलु पहलवानलाई हराई प्रथम भएका छन भने बांगला देशका जुबैर पहलवानले बिहार पटनाका अरुन पहलवानलाई हराई दृतिय स्थान हासिल गरेका छन । अन्तराष्ट्रिय नेपाल भारत र बंगला देश विशाल कुस्ती प्रतियोगीताका अध्यक्ष अमिरीलाल पाल र प्रमुख अतिथि प्रदेश नम्बर २ का सभामुख सरोज कुमार यादब. विशिष्ठ अतिथिमा नेकपाका नेता बसरुद्दीन अनसारी, ज्वाला साह, उधोग पती अजय प्रजापती, शम्भु पण्डित लगायतको उपस्थीती रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ