३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान कार्यान्वयन गर्न तीन तहको सरकारबीच समन्वय र सहकार्यको आवश्यकता छ’:मुर्मु

२५ बैशाख २०८२, बिहीबार १२:३०

काठमाडौँ | जनमत पार्टीको नेत्री तथा प्रतिनिधिसभाका सदस्य सोनु मुर्मुले संविधान कार्यान्वनयको सवालमा तीन तहको सरकारकोबीचमा समन्वय र सहकार्यको आवश्यकता औँल्याउनुभएको छ । मोरङ जिल्लाबाट समानुपातिक सांसद बन्नुभएका नेत्री मुर्मुले महिलाको समान सहभागिताको निम्ति ५० प्रशत आरक्षणको व्यवस्था गर्नुपर्ने मागपनि गर्नुभएको छ ।

सांसद मुर्मुसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्दादित अङ्श । प्रतिनिधिसभाको मुख्य काम भनेको संविधानको मूल मर्मअनुरुप कानुन निर्माण गर्ने र जनताका समसामयिक सवाललाई संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने हो । कानुन निर्माणको सवालमा जति हुनुपर्ने हो, त्यति भएको छैन । अझैपनि धेरै महत्वपूर्ण कानुन बनाउनुपर्ने छ । जस्तो ःसङ्घीयतासँग जोडिएको शिक्षा, निजामति र प्रहरी ऐनलागतयका धेरै ऐन÷कानुन बनाउनुपर्ने छ । संसद्मा शिक्षा, स्वास्थ्य, बेरोजगारी, बाढीपहिरो भूकम्पलगायत समसामयिक जनताका विषय उठ्छ । तर त्यहाँ उठेका विषयको कार्यान्वयन अत्यन्तै कम हुन्छ । अर्को भनेको संसद्मा राजनीतिक घोचपेच पनि हुन्छ ।

पछिल्लो सयमा राजनीतिक घोचपेच बढी हुने गरेको छ । राजसंस्थावादी र गणतन्त्रवादीबीच पनि संसद्मा चर्चाचर्की हुने गरेको छ । राजनीतिक आरोप प्रत्यारोप पनि बढी नै हुन्छ । संसद्ले आफ्नो काम जे हो त्यही गर्नुपर्छ । कानुनको लागि पहिला विधेयक सरकारले ल्याउने हो । सरकारले संसद्लाई विजनेश दिने हो । सरकारले संसदलाई प्रर्याप्त विजनेश दिन सकेको छैन । संविधान पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यो दश वर्षको अवधिमा जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । संविधान जारी भएपछि दश वर्षको अवधिमा जम्मा २१४ वटा मात्रै कानुन बनेका छन् ।
अहिले पनि २०२० साल, २०२२ सालकै कानुनको आधारमा देश चलिरहेको छ । तर अब सरकारले जतिसक्दो चाँडो पुराना सबै ऐन संशोधन गरेर नयाँ ऐन बनाउनुपर्छ । महिलाको सवालमा भने संविधान कार्यान्वयन भएको छ । महिलाको ३३ प्रतिशत संसद्मा सहभागिता छ । संविधान जारी भएपछि दुई वटा निर्वाचन सम्पन्न भएको छ । यस्लाईलाई संविधान कार्यान्वयनको रुपमा लिनुपर्छ । तर सीमान्तकृत सुमदायको विषयमा संविधानमा लेखिएका धेरै विषय कार्यान्वयन हुन सेकेको छैन । मधेशी सुमदायको हक अधिकार पनि कार्यान्वयन हुन सकेको छैन ।

संविधान कार्यान्वयन गर्ने सवालमा पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार गरी तीन वटै सरकारको महत्वपूर्ण भूमिका हुन्छ । संविधान कार्यान्वनयको सवालमा तीन तहको सरकारबीचको समन्वय र सहकार्यको आवश्यकता छ ।

संविधान संशोधन गर्न हुँदैन भन्ने होइन । संशोधन गर्नुपर्ने धेरै विषय छन् । निर्वाचनको सवालमा पनि संशोधनको विषय चर्चामा छ । महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य समुदायको विषयमा पनि संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

संशोधनको विषय वर्तमान सरकार गठबन्धनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायत सरकारमा रहेका दलहरुले गरेको सहमति हो । सत्तारुढ दलबीच संविधान संशोधनको विषयमा सहमति भए पनि कुन विषयमा सहमति गर्ने भन्ने कुरा बाहिर आएको छैन । संविधान संशोधन यत्तिकै हावाको भरमा हुने विषय होइन ।
सरकारले चाहेर मात्रै पनि हुँदैन । त्यसको लागि सबैभन्दा पहिला सरकारले सबै प्रतिपक्ष दलको सहमतिमा संविधान संशोधनका विषय बाहिर ल्याउनुपर्छ । त्यसलाई जनतासँग छलफल गर्नुपर्छ ।

विज्ञसँग छलफल गर्नुपर्छ । संविधान बहुमतका आधारमा होइन, सहमतिका आधारमा हुनुपर्छ । संविधान जारी गर्नेबेलामा जसरी सबै दलको सहमति भएको थियो । त्यसैगरी संशोधनमा पनि सहमति हुनुपर्छ । हाम्रो देशका राजनीतकि दल जनताप्रति उत्तरदायी भएको देखिँदैन । राजनीति भनेको स्वंयमसेवा गर्ने क्षेत्र हो । तर नेताहरु देश र जनताको पक्षमा भन्दापनि व्यक्तिगत र पार्टीगत स्वार्थमा लागेको देखिन्छ ।

हरेक पटक बन्ने सरकारले आ–आफ्नो मान्छे वा कार्यकर्ता भरणपोसन नगरी देश र आम जनताको लागि काम गर्नुप¥र्यो । पछिल्लो समय अध्ययनका लागि विदेश जाने युवाको लर्को छ । ती युवालाई देशभित्रै राख्नका लागि सरकारले शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्छ । नेपालको शिक्षा प्रणालीलाई सिपमूलक बनाउनुपर्छ । उपयोगी बनाउन पर्छ । शिक्षा नीतिमा बदलाव ल्याई कृषि नीति, सीप मुखी र विज्ञान र प्रविधिमैत्री र शिक्षा नीति बनाउनुपर्छ । रोजगारीका लागि विदेश जाने युवालाई रोक्नका लागि देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्छ ।

कलकारखाना र उद्योग सञ्चालन गर्न विदेशी लगानीको लागि सहज नीति अपनाउनुपर्छ । देशलाई आत्मनिर्भर बनाउन आर्थिक रुपमा विकास गर्नुपर्छ । सरकारले देशको मुख्य आम्दानीको स्रोत साधनको पहिचान गर्नुपर्छ । त्यसपछि योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । देश परिवर्तनका क्रममा भएका हरेक सङ्घर्षमा पुरुषको जति योगदान छ । महिलाको पनि त्यति योगदान छ । तर, राज्यका नीति निर्माण तहमा महिलाको सहभागिता कमजोर छ । पहिलाको तुलनामा महिलाको सहभागिता बढ्दै गएको छ । तर जति हुनुपर्ने हो, त्यति हुनसकेको छैन ।

मुख्य गरी कार्यकारी पदमा महिलाको सहभागिता कम छ । महिला राष्ट्रपति, सभामुख, मुख्य सचिव, प्रधानन्यायधीश, महानगरपालिकाको प्रमुख भएका छन् । तर प्रधामन्त्री महिला हुनसकेका छैनन् ।

धैरै राज्यका नीति निर्माण तहमा महिलाको सहभागिता छैन । अहिलेको मन्त्रिपरिषद्मा पनि एक जना मात्रै क्याविनेट मन्त्री हुनुहुन्छ । त्यसैले महिलाको लागि सरकारले हरेक निकायमा ५०% अधिकार सुनिश्चित गर्नुप¥र्यो । यस्लाई संविधानमै उल्लेख गर्नुपर्छ । अहिले क्षमताको हिसाबले महिला अगाडि आएका छन् । तर अहिलेपनि महिलालाई उपसभामुख, उपाध्यक्ष, उपमेयरमा सिमित गरिएको छ । जनमत पार्टीको अबको योजना संघीयता लाई कहींकतैबाट आँच आउन नदिन दैशैभरी जागरुकता जगाउने हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ