2026-09-15 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गरौँ’

काठमाडौँ | प्रतिनिधिसभामा आगामी आर्थि वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा समेटिएका विषयहरू बर्सेनि दोहोरिने तर कार्यान्वयनमा नजाने प्रवृत्ति दुःखद रहेको सांसदहरूले बताउनुभएको छ । आजको बैठकमा सांसदहरूले छलफलका क्रममा दिइएका सुझावलाई मनन गर्नुपर्ने र सोही अनुसार ठोस योजना बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले संविधान पुनरावलोकन गरेर कार्यान्वयनमा देखा परेका समस्या पहिचान गरी समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रममा संविधान संशोधनका बारेमा एउटा लाइन मात्र उल्लेख गरिएको छ, तर त्यसका लागि ठोस कार्ययोजना प्रस्तुत गरिएको छैन । राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेन्डा सम्बोधन हुनेगरी संविधान संशोधन गरौँ भन्ने प्रस्ताव छ ।”

सांसद ज्वालाले राष्ट्रिय सहमतिकासाथ जनहितका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता सबलीकरणका लागि खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने, संवैधानिक आयोगसहितका संरचना घटाउने, महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्नेगरी संविधानलाई समय सान्दर्भिक र जनमुखी बनाउने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाउन विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको विभिन्न उदाहरणसहित प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रममा कतिपय विषयवस्तु पुराना दोहोरिएका छन् । खाद्यवस्तुमा दुई वर्षभित्र आत्मनिर्भर हुनेगरी कृषिमा लगानी बढाइने भनिएको १० वर्ष भयो, तर खोइ लगानी?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद ढकालले थप उदाहरण दिँदै भन्नुभयो, “आव २०७५/७६ को नीति तथा कार्यक्रममा बुँदा नं ३२ मा मछली उत्पादनमा आत्मनिर्भर हुने, अर्गानिक नेपाल बनाउने योजना तत्काल सुरु गर्ने भनिएको थियो । अहिले माछा किसानको हालत के छ ? विषाक्त माछाहरूले बजार पाएका छन्, तर मुलुकमा उत्पादन भएको माछा बजारको सुनिश्चितता छैन । जैविक मलको उत्पादन तथा अर्गानिक खेतीमा जोड दिने कुरा पटकपटक भनिएको छ, तर सुझाव दिइएका विषय कार्यान्वयनमा आएका छैनन् ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बीना जैसवालले नीति तथा कार्यक्रममा पुरानै योजना दोहोरिएको भए पनि केही विषयमा भने आशा गर्ने ठाउँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष प्रस्तुत गरिएको नीतिमा ‘जेनजी स्टार्टअप’मा लगानी, घरघरमा खानेपानीको पहुँचलगायत विषय कार्यान्वयन हुन सके जनता लाभान्वित हुने छन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ