२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनले पार्टीलाई अपूरणीय क्षतिः सभापति देउवा

२०८२, २५ बैशाख बिहीबार १७:४३

काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता एवं लोकतान्त्रिक आन्दोलनका योद्धा तीर्थराम डङ्गोलको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

स्व नेता डङ्गोलको १३औँ पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले आज आयोजना गरेका श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति देउवाले सादगी एवम् कर्मठ योद्धाको निधनले पार्टीका लागि मात्रै नभई सिङ्गो देश र समाजका लागि ठूलो क्षति भएको बताउनुभयो ।

उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा नेता डङ्गोलले निर्वाह गर्नुभएको भूमिका पार्टीले कदापी नबिर्सिने उल्लेख गर्दै नेता डङ्गोलको त्याग, सङ्घर्ष, अनुभव, जीवनशैली र समपर्णलाई समेटेर उपयोगी र सान्दर्भिक कृति प्रकाशित गर्न सुझाव दिनुभयो ।

नेता डङ्गोलसँगको लामो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, “पार्टीका त्यागी एवं निष्ठावान् नेताको असामयिक निधनले पार्टीलाई गहिरो क्षति पुगेको छ । उहाँको विचार र आदर्शलाई आत्मसात् गरिकन पार्टीलाई सुदृढ र एकताबद्ध ढङ्गबाट अघि बढाउने प्रतिबद्धतासहित नेता डङ्गोललाई स्मरण गरौँ ।”

कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरल, कुशल र सालीन स्वभावका नेता डङ्गोलको निधनले पार्टीलाई मात्र नभई राष्ट्रलाई नै क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन एवं प्रतिकूल अवस्थामा पनि पार्टीलाई जोगाउँदै अघि बढाउन कांग्रेस नेता डङ्गोलको अतुलनीय योगदान रहेको छ । उहाँ एक सादगी, आदर्शवान्, सच्चा र त्यागी राजनीतिज्ञ हुनुहुन्थ्यो ।”

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले डङ्गोलजस्ता स्वच्छ छवि भएका आदर्शवान् एवं लोकतान्तत्रिक आन्दोलनका अथक योद्धाको असामयिक निधनले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्व डङ्गोलको सरल, आदर्शवादी र आचरणयुक्त व्यक्तित्वलाई सबैले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री दीलेन्द्रप्रसाद बडूले स्व डङ्गोलको आदर्श र जीवनशैलीलाई आत्मसात् गरी सदैव देश र जनताका पक्षमा समर्पित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कांग्रेसका नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले इमानदारिता र आचरणको खडेरी परेको समयमा एक निष्ठावान् एवं सादगी नेताको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र केसीले सरल र इमान्दार नेता डङ्गोलको निधनले कांग्रेसको मात्र नभई काठमाडौँको अभिभावक गुमाएको बताउनुभयो ।

कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले डङ्गोल सरल र सालीन व्यक्तित्व तथा जुनसुकै आन्दोलमा नेतृत्वदायी भूमिकामा रहेर योगदान गरेको भन्दै उहाँले देखाएको बाटोलाई अनुशरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता दामोदर गौतम, ललितपुर कांग्रेसका सभापति जीतेन्द्रकुमार श्रेष्ठलगायतले डङ्गोलको निधनबाट कांग्रेसले आदर्श व्यक्तित्व गुमाएको बताउनुभयो । स्व डङ्गोलकी धर्मपत्नी तेजमाया डङ्गोलले सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

काठमाडौँ कांग्रेसका पूर्वसभापति एवं प्रजातान्त्रिक योद्धा डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो । विसं २००४ मा काठमाडौँमा जन्मनुभएका उहाँ कांग्रेस काठमाडाँैको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुखसमेत हुनुहुन्थ्यो ।

नेपाली राजनीतिमा जुझारू नेताका छवि बनाउनुभएका डङ्गोल विसं २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको कमाण्डरका रूपमा खटिनुभएको थियो । नेता डङ्गोलका नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पु¥याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै