2026-08-25 08:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई भन्यो: भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्नु,त्यहाँ जमानत पाउन मुस्किल छ

काठमाडौँ । काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरुलाई नेपाल र भातको सीमा क्षेत्रमा नजान आग्रह गरेको छ। दूतावासले भारत र पाकिस्तानबीच तनाव बढेकाले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न भनेको छ।

दूतावासले नेपाल र भारतको बीचमा खुला सीमाना रहेको र केही ठाउँमा मात्र सीमानबारे सूचना रहेको उल्लेख गर्दै नेपाली र भारतीय नागरिक एक अर्को मुलुकमा खुला रुपमा हिँडडुल गर्न सक्ने अवस्था भए पनि चीन लगायतका तेस्रो देशका नागरिक भिसा बेगर यात्रा गर्न नसक्ने सूचित गरेको छ।

नेपाल भ्रमण गर्ने चिनियाँ नागरिकलाई हामी नेपाली गाइडहरुलाई आँखा चिम्लिएर विश्वास नगर्न, भूलवश पनि भारतीयी बोर्डरमा भिसा बेगर प्रवेश नगर्न र हचुवा ढंगले र व्यक्तिगत सावधानी अपनाउन आग्रह गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ, ‘भूलवश पनि भारत प्रवेश गरे दुई देखी ८ वर्ष जेल सजाय र जरिवना हुनसक्छ। साथै त्यहाँ जमानत पाउन मुस्किल छ।’

दूतावासले सूचनामा नेपाली र भारतीय सुरक्षा अंगले चेक जाँच बढाएको र संयुक्त गस्ती गरिरहेको उल्लेख गरेको छ। साथै भारतीय पक्षले सीमाका संवदेनशील क्षेत्रमा नियन्त्रण र जाँच बढाएको जनाइएको छ। नेपालबाट भारत जानैपर्ने भए पहिला नै भिसा प्राप्त गर्न पनि दूतावासले आफ्ना नागरिकलाई आग्रह गरेको छ। साथै आफ्ना नागरिकहरुलाई भारतीय सीमा चेकपोस्ट र सवारी साधनको फोटो नखिच्न समेत आग्रह गरेको छ। दूतावासले भारतमा रहँदा पनि अनुमति नभएका स्थानमा नजान नागरिकहरुलाई सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग