2026-08-07 09:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व छ : राष्ट्रपति

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको बताउनुभएको छ ।

कानुन दिवस–२०८२ का अवसरमा आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतको व्यवस्था आत्मसात् गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “आजको यस दिनले न्याय र कानुनका क्षेत्रमा आबद्ध सबैको मन तथा मस्तिष्कमा सो गुरुत्तर दायित्वको बोध निरन्तर गराइरहनेछ भन्ने विश्वास लिएको छु ।”

राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यावहारिक रुपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप न्यायसम्पादनको कार्यको थालनी भएको हुँदा न्याय तथा कानुन जगत्मा यो दिनको विशेष महत्व रहेको राष्ट्रपति पौडेलले धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति तथा प्रविधिसमेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन हुनुपर्ने बताउनुभयो । उहाँले विधिको शासन कायम तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिइ न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न