2026-09-15 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको:सांसद साह

काठमाडौँ । आमजनता पार्टीका सांसद प्रभु साहले भारतसँगको खुला सिमाना नेपालका निम्ति वरदान सावित हुन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । “खुला सिमाना अहिले अभिशाप छ । यो हाम्रो कुकर्मको नतिजा हो,” उनले भने, “यदि हामीले सस्तो गर्न सक्यौँ भने यो खुला सिमाना वरदान हुन सक्छ ।” त्यस्तै, नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको साहले आरोप लगाए । “नेपालमा लोकतन्त्र उल्टो बाटो लागेको छ । लोकतन्त्र, जनादेशको विपरीत सरकार बनेको छ,” उनले भने ।

नेपालमा कर आतंक रहेको उनको भनाइ छ । करको दर तथा शीर्षक बढी छ । “इन्डियामा १४ शीर्षकमा कर लिइन्छ । नेपालमा ४६ शीर्षकमा कर लिइन्छ,” उनले भने । नेपाल प्राकृतिक रूपमा धनी भए पनि त्यसको फाइदा लिन नसकेको उनले बताए । जंगलमा ३० अर्बभन्दा बढी लगानी गरिएको, तर त्यसको आम्दानी नभएको उनले बताए । जंगलमा राज्यको लगानी भएको भए पनि नेताका सीमित आसेपासेले फाइदा लिएको उनले बताए । देशमा काठ किन्न महँगो परेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ