३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेका दुवै निवेद सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा

२८ बैशाख २०८२, आईतवार १३:२४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका दुवै निवेदन आइतबार (वैशाख २८) सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’मा परेका छन् । थुनामा रहेका लामिछानेका तर्फबाट दायर उच्च अदालतको आदेश बदर माग गरिएको ७३ नम्बर र उनकी श्रीमती निकिता पौडेलले दिएको बन्दीप्रत्यक्षीकरण निवेदन हेर्न नमिल्नेमा परेका हुन् ।

आइतबार लामिछानेका निवेदन न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेका थिए । न्यायाधीश दुईमध्ये पोखरेलले नागरिकता र राहदानी मुद्दामा लामिछानेका तर्फबाट वकालत गरेका कारण निवेदन हेर्न नमिल्नेमा परेका हुन् ।

यही वैशाख ७ गते लामिछानेका तर्फबाट श्रीमती निकिताले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । लामिछानेले त्यसअघि दायर गरेको ७३ नम्बर निवेदनलाई पनि लगाउमा (सँगै) राख्ने आदेश गरिएको थियो ।

निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ लेखिँदा म्याद बुझाउन समस्या परेको थियो । वैशाख १९ मा उक्त निवेदन सच्याउन अर्को निवेदन दिइएको थियो । वैशाख २१ मा न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले मागानुसार निवेदन सच्चाउन आदेश जारी गरिदिएपछि आजको पेसीमा चढेको थियो ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा लामिछाने हाल पुर्पक्षनिम्ति रुपन्देही कारागारमा थुनामा छन् ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछाने एक करोड रुपैयाँ धरौटीमा जिल्ला अदालत रुपन्देहीको आदेशबाट रिहा भएका थिए । आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत गएको थियो । लामिछाने पनि धरौटी खारेज हुनुपर्ने मागसहित उच्च अदालत तुलसीपुर बुटवलमा ७३ नम्बरको निवेदन लिएर पुगेका थिए । तर, उच्चले चैत २२ मा जिल्लाको आदेश उल्टाउँदै पुर्पक्षनिम्ति थुनामा पठाउन आदेश गरेको थियो । प्रहरीले सोही रात पक्राउ गरी लामिछाने पुर्पक्षनिम्ति थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ