2026-09-15 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले साउदी अरेबियाको जुबेलमा चार सय ६९ नेपाली बन्धक बनाइएको भन्दै उहाँहरूको तत्काल उद्धारका लागि सरकारसँग माग गर्नुभयो । उहाँले विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानार्कषण गराउनुभयो ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरू निरन्तर ठगीमा परिरहेकातर्फ सचेत गराउँदै विदेशी मुलुकमा समस्यामा रहेका नेपालीको समयमा उद्धार गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले श्रमिकको हकहितको संरक्षण गर्दै समग्र श्रम क्षेत्रको व्यवस्थापनका लागि त्रिपक्षीय श्रम आयोग स्थापनाको माग गर्नुभयो । सरकार, रोजगारदाता, श्रमिकको प्रतिनिधित्वसहित आयोगको व्यवस्था गर्दै वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न सकिने उहाँले धारणा राख्नुभयो । उहाँले जुम्लाको गुठीचौरमा अवरुद्ध विद्युत् आपूर्ति नहुँदा स्थानीयले भोग्नु परेको सास्तीतर्फ सरकारको ध्यानार्कषण गराउनुभयो ।

नेपाली कांगेसका सांसद रामकृष्ण यादवले धनुषा जिल्लास्थित कमला नगरपालिका–५ मा आगलागीबाट पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र पीडितको पुनःस्थापनाका लागि माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ