३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग

२८ बैशाख २०८२, आईतवार १३:४८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद डा नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न सात वर्षमा रु २१ खर्ब बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोही अनुसार व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उहाँले नीति तथा कार्यक्रममा समावेश भएका योजना सकारात्मक भए पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेदेखि प्रभावकारी कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद महेश बर्तौलाले अनुसन्धानमा आधारित उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उहाँले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद सन्तोष परियारले मात्रात्मकबाट गुणात्मक फड्को मार्ने किसिमले नीति तथा कार्यक्रम नआएको बताउनुभयो । जनताको मौलिक अधिकार कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सोही अनुसार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक ‘तथ्य र प्रमाणमा आधारित रहेर अपराध अनुसन्धान तथा अभियोजन गर्नुपर्नेमा जोड’ बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप इरान सङ्कटमा ट्रम्पको जी–७ शिखर सम्मेलनमा पुनरागमन ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि संसद्को उद्योग समितिको बैठकमा वादविवाद, वैदेशिक रोजगार र भिजिट भिसा प्रकरणमा छलफल मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही ‘खाडीमा महिला कामदारमाथिको प्रतिबन्ध खुलाउने विषयमा दलीय धारणा बनाउँछौँ’ साउदी अरेबिया : इरानमा इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन’ इजरायलद्वारा इरानमाथि आक्रमण, बदला लिने तेहरानको वाचा