२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८२, २८ बैशाख आईतवार १४:००

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन, कृषि, सडक पूर्वाधारलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले विद्यमान समस्या समाधान गर्ने किसिमले आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने सुझाव दिनुभयो ।

सांसद अच्युतप्रसाद मैनालीले अहिले पनि लाखौँ भूमिहीन सुकुम्बासी रहेका बताउँदै उनीहरूको समस्या समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अञ्जनी श्रेष्ठले चिकित्सा अध्ययनलाई सुलभ र व्यवस्थित बनाउन सरकारसमक्ष माग गर्नुभयो ।

सांसद अनिशा नेपालीले जनतासँग प्रत्यक्ष सरोकार भएका सहरी विकास, ऊर्जा, खानेपानीलगायत विषयलाई समेटेर आगामी आवको बजेट विनियोजना हुनुपर्नेमा जोड दिनुभयो । सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि जाने श्रमिकको श्रम स्वीकृति र राहदानी वितरणलाई सहज बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमरबहादुर रायमाझीले उदयुपरका विभिन्न स्थानका जीर्ण सडकको मर्मत र विस्तारका लागि बजेट व्यवस्थापन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद डा अमरेशकुमार सिंहले बागमती नदीको हुलाकी पुल १५ वर्षसम्म पनि सम्पन्न नभएको भन्दै यथाशीघ्र निर्माणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अर्जुननरसिंह केसीले दक्षिण एसियाको क्षेत्रीय शान्ति र स्थिरताका लागि आतङ्कवादविरुद्ध लाग्नु सबैको दायित्व भएको बताउनुभयो ।

सांसद आश्माकुमारी चौधरीले सरकारको नीति तथा कार्यक्रममा उद्यमशीलता, रोजगारी उत्पादन, कृषिको व्यावसायिकीकरणलगायत विषय स्वागतयोग्य रहेका भन्दै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्ने, कृषि उपजमा देशलाई आत्मनिर्भर बनाउनेलगायत किसानको पहुँचमा हुनेगरी बजेट विनियोजना गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद असिम शाहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन र प्रोत्साहन गरी विदेशी मुद्रा हासिल गर्नेतर्फ आवश्यक नीतिगत सुधार, पूर्वाधार विकास गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उर्मिला माझीले सबैको साझा शत्रु गरिबी, अशिक्षा र बेरोजगारी हो भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै नेपालीको पहुँच वृद्धि गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद ऋषिकेश पोखरेलले मोरङ्का उत्तर–दक्षिण बग्ने विभिन्न आठ खोला अघिल्लो वर्षको बाढीले कटान गरेर हालसम्म तटबन्ध बन्न नसकेका भन्दै वर्षायाम सुरु हुन लागेकाले खोलाको तटबन्दनका लागि बजेट विनियोजन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद एकना ढकालले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको व्यवस्थापकीय सुधार गर्दै अध्यागमनलाई प्रभावकारी बनाउन, यात्रुमैत्री सेवा, सुरक्षित र सफा बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कालुराम राईले झापा र इलामको बीचमा पर्ने चुरिया पर्वतको नदीमा नयाँ प्रजातिको कछुवा फेला पारेको जनाउँदै यसलाई राष्ट्रिय चुरे संरक्षण आयोजनाको एकीकृत जलाधार व्यवस्थापनभित्र विशेष प्राथमिकतामा राख्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद किरणकुमार साहले जलवायु परिवर्तन प्रभाव र पूर्वाधारको कमजोरीले प्राकृतिक विपद्जन्य घटना बेहोर्नु परिरहेको भन्दै विपद् जोखिम न्यूनीकरणलाई दायित्वसहित विकासको आधारभूत रणनीतिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । सांसद कुशुमदेवी थापाले बर्दियाको राजापुरमा उत्पादित धानलाई कर्णालीका विभिन्न क्षेत्रमा विस्तार तथा कृषि उत्पादन वृद्धि गर्ने किसिमले बजेट विनियोजना गर्न माग गर्नुभयो ।

सांसद गणेश पराजुलीले साना तथा मझौला उद्यमी व्यवसायीको उधारो कारोबारले समाजमा विभिन्न घटना घट्नसक्ने भन्दै उधारो कारोबारको रकम असूलीसम्बन्धी कानुन बनाउन माग गर्नुभयो । सांसद गङ्गा कार्कीले अदालतको परमादेश अनुसार सङ्घसंस्था दर्ता र नवीकरणको काम अगाडि बढाउन सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्दा कार्की (भण्डारी) ले स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयन गर्न सरकारसमक्ष माग गर्नुभयो । सांसद चन्द्रबहादुर विश्वकर्माले भारत र चीनको सिमाना जोड्ने कर्णाली करिडोर र भेरी करिडोर खण्ड अझै विस्तार हुन नसकेको भन्दै आगामी बजेटमा उचित व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले बागलुङको कालीगण्डकीमा बालुवा दोहन बढिरहेको भन्दै बालुवा, गिटी उत्खनन रोक्न सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सांसद ज्वालाकुमारी शाहले न्याय र सुशासन कायम गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने