2026-09-14 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानवजाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै “पृथ्वीको भविष्य सुनिश्चित होस् मानवजातिको भविष्य सुनिश्चित होस् यसका निम्ति हामी यही मे १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दछौँ”, भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थिति तथा हाम्रो वरपरको वातावरण निरन्तर प्रदूषित भइरहेकामा चिन्ता व्यक्त गर्दै मुलुकको बिग्रँदो वातावरण थप बिग्रन नपाओस् तथा यसको संरक्षणमा सबै सचेत रहनुपर्ने सन्देश प्रवाह गर्न संवाद आयोजना हुन लागेको उल्लेख गर्नुभएको छ ।

“हाम्रा क्रियाकलापले पृथ्वीको वातावरण बिग्रँन नपाओस् । अब हाम्रा क्रियाकलापबाट बिग्रिएको वातावरण सपार्न सकौँ । र, भोलिका लागि हाम्रा भावी सन्ततिले सुरक्षित र सुन्दर वातावरणमा बस्न पाउन्”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

उहाँले सगरमाथा संवादले पहाड र समुद्रबीचको सम्बन्ध पहाडको वातावरणीय प्रश्नमा योगदान, नदीनाला बन्ने कुरादेखि लिएर कुलिङ सबै कुराका लागि धेरै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यसलाई अहिले उचित ढङ्गले बुझ्न नसक्ने र बुझेर पनि त्यसप्रति ध्यान नदिनु मानव जातिका लागि प्रतिकूल हुने बताउनुभएको छ । वातावरण संरक्षण विश्वको साझा समस्या भएकाले यसको समाधान गर्न विश्ववासीको साझा प्रयास आवश्यक भएकामा उहाँको जोड छ ।

“कार्बन इमिसनदेखि लिएर वातावरण बिगार्ने अन्य तत्वको नियन्त्रण र वातावरणलाई सपार्ने प्रयासहरु अगाडि बढाउने काम गर्न जरुरी छ । त्यसका निम्ति विश्वका मानिस एक ठाउँ बसेर छलफल गरौँ, एक ठाउँ बसेर समस्या पहिचान र एकठाउँबाट तिनको समाधान निकाल्ने प्रयास गरौँ”, प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ