काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा विकास तीव्र रूपमा बढेको बताएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिँदै उनले ‘मार्सी चामल चाखेको’ कुरा सुनाउँदा संसदमा हाँसो छाएको हो ।
‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।
बिबादस्पद व्यवसायी दुर्गा प्रसाईंको सानोठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामल खाएका थिए, जुन तस्बिर अहिले पनि निकै चर्चित रहेको छ।