७ असार २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा तर,एक वर्षयता पूर्जी प्रहरी कार्यालयमा घुमेको घुम्यै

२९ बैशाख २०८२, सोमबार ११:३१

काठमाडौँ । एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा उपस्थित छन् ।

पक्राउ पुर्जी जारी भए पनि प्रदेश सभा र सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका उनी आज बुद्ध जयन्तीको कार्यक्रममा आसनग्रहण गरिरहेका छन् । तर, प्रहरीको नजर परेको छैन । एक वर्षयता उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमेको घुम्यै छ ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ । तर, राजनीतिक पहुँचका आधारमा उनी प्रहरीको नजरमा परेका छैनन् ।

पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन