2026-08-25 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धरानवासीलाई खानेपानी उपलब्ध गराउ’

काठमाडौँ | प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा धरानवासीको खानेपानी समस्याबारे ‘सुनसरी उद्योग वाणिज्य सङ्घ’ले गत पुस १७ गते समितिमा पेस गरेको उजुरीको सम्बन्धमा भएको छलफलका क्रममा सांसदहरुले समस्या समाधानका निम्ति खानेपानी मन्त्रालय, खानेपानी विभाग, खानेपानी उपभोक्ता समितिलगायत सरोकारवाला निकायलाई समितिमा आमन्त्रण गरेर छलफल गर्नुपर्नेमा जोड दिइएको हो ।

सङ्घले धरानको खानेपानीको विवाद, खानेपानीको अभाव, वन क्षेत्रका सतहमुनि अथाह पानी रहेको, सहतमुनिको पानी धरानका जनताले उपभोग गर्न नपाएको, उद्योग व्यवसायीलाई पनि समस्या भएको, धरान खानेपानी व्यवस्थापन बोर्ड गठन भएको र धरानको खानेपानीको विषयमा समितिले अनुगमन गर्नुपर्ने विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो ।

त्यसैगरी, समितिमा मकवानपुर उद्योग वाणिज्य सङ्घले यही वैशाख २५ गते पूर्व पश्चिम राजमार्गको हेटौँडाको रातोमाटेदेखि चौकोटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मका स्थायी बासिन्दा मर्कामा परेका सडकका पुस्तौँ पुस्तादेखि बसोबास गर्दै आएपनि जग्गाधनी प्रमाणपूर्जा निजका स्वामित्वमा भएको लगायतका विषयलाई समावेश गरी समितिमा उजुरी दिएको थियो । सो विषयमा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलगायत सरोकारवाला निकायलाई आमन्तत्रण गरेर छलफल गरी समस्याको समाधान गर्नुपर्ने जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले धरानवासीको खानेपानीको समस्या समाधान गर्न समितिले सरोकारवालासँग छलफल गर्नुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले धारानवासीको खानेपानीको विवादको विषयलाई विस्तृत रुपमा अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । समितिले आज वार्षिक प्रतिवेदन–२०८१ परिमार्जनसहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग