२ असार २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?:सांसद केसी

३० बैशाख २०८२, मंगलवार १३:५३

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको बताएका हुन् ।

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुने गरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्ली हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदै छ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ । यो के भएको हो ?’

उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफू आशावादी रहेको बताए । उनले थपे, ‘स्वयं सत्ताधारी साथीहरू सम्माननीय प्रधानमन्त्रीले समेत बाटोको भ्रमण गरेको सुनेको छु । एउटा ठेकेदार हटाएर अर्को ठेकेदार आउँदा पनि काम नगर्ने किन ? फेरि पनि भन्छु मैले पत्याई नपत्याई सरकारले गर्ला भन्ने कम आशा छ । अब कमसेकम मतदातालाई सुनाउनकै लागि भए पनि सरकारले के कारणले त्यो बाटो बनेन त्यसबारेमा केही बोलोस् । अबको बजेटले सडक तुरुन्त निर्माण हुने वातावरण बनाओस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी गण्डकीको बजेट : लाइसेन्स छपाइ प्रदेशमै, राइड सेयरिङ नियमनमा जोड इजरायल–इरान द्वन्द्व : पछिल्लो घटनाक्रम टिकटकमार्फत भ्रम फैलाउने युवती पक्राउ वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी बजेट पारित गर्न मधेस प्रदेश मन्त्रिपरिषद्को बैठक उच्च अदालत पाटनको आदेश: युनुश अन्सारीलाई थुनामा राख्नुको कारण पेश गर्न माग सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस एघार महिनामा ४० प्रतिशत विकास खर्च नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार कर्णालीको बजेटमा माओवादीको असहमति, प्रदेशसभा बैठक अन्योलमा बजेट सन्तुलित छ : अर्थमन्त्री पौडेलको दाबी औषधि नीति सुझाव समितिको प्रतिवेदनप्रति फार्मेसी सङ्घको समर्थन उत्पादन समूहको सेयर उकालो, कारोबार रकम भने घट्यो ‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’ विरोधकाबीच संसद् सञ्चालन नगर्न सांसदद्वारा सभामुखसमक्ष आग्रह