2026-11-01 10:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा साढे ३३ हजार धारा जडान

काठमाडौँ | गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।

कार्यालको तथ्याङ्कअनुसार आव २०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्य ९१ दशमलव पाँच प्रतिशत हो । कार्यालयका सब–इन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो । “हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालु आवमा दुवै जिल्लाका लागि नौ सय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३०० धारा लमजुङमा जडान भएका छन्भने बाँकी गोरखामा जडान भएका छन्”, उहाँले भन्नुभयो ।

एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा रु ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिनुभयो । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । “हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्याङ्क अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो”, उहाँले भन्नुभयो । लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ । “पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द